काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ सय ९८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा यी संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
उनका अनुसार काठमाडौंका १ सय ९० जना, भक्तपुरका ४१ जना र ललितपुरका ६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो।