Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्व गभर्नर नेपाल भन्छन्- राष्ट्र बैंकमा जागिर खान कुनै पनि खालकाे भनसुन चल्दैन


    शनिबार, बैशाख २ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैंकमा जागिर पाउनका लागि कुनै पनि खालको भन्सुन नलाग्ने बताएका छन्।

    राष्ट्रपतिका आर्थिक सल्लाहकार समेत रहेका पूर्व गभर्नर नेपालले क्षमता हुनेले मात्रै नेपाल राष्ट्र बैंकमा जागिर पाउन सक्ने बताएका हुन् । उडान शैक्षिक केन्द्रले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र बैंकको कुनै पनि तहमा जागिर पाउनका लागि भन्सुनको महत्व आफूले नदेखेको बताए।

    पूर्वगभर्नर नेपालले आफ्नो क्षमता आफैंले उजागर गर्न सके विद्यार्थीहरुले नेपालको कुनै पनि क्षेत्रमा जागिर पाउन अप्ठ्यारो नरहेको पनि दाबी गरे । तर त्यसका लागि ‘कोही पनि सबै कुरामा जान्ने हुँदैनन्’ भन्ने मान्यतालाई आत्मासात गरेर अध्ययनको कामलाई अघि बढाउनुपर्ने उनको भनाइ छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार