Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैंक तथा वित्तीय संस्थाले ब्याजदर एकल अंकमा झार्ने


    बिहिबार, चैत्र ३० २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बैंक तथा वित्तीय संस्थाले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

    बुधबार बसेको बैंकर्स संघको निर्णयअनुसार बिहीबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार वैशाख महिनाका लागि ब्याज दर एकल अंकमा झारिएको छ ।

    नयाँ ब्याजदरअनुसार निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत, संस्थागत निक्षेपमा ७.९९ प्रतिशत कायम गरिएको छ ।

    वैशाखबाट बैंक तथा वित्तीय संस्थाले साधारण बचतमा न्यूनतम ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर मात्र प्रदान गर्ने भएका छन् । निक्षेपको ब्याजदर घटाइएकाले अब कर्जाको ब्याजदर समेत केही प्रतिशत घट्नेछ ।

    उक्त ब्याजदर १ वैशाख शुक्रबारबाट लागु हुनेछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार