काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सभापति रवि लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रकम मागेको अडियो प्रकरणमा दोषी देखिए आफ्ना सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्छु भनेर सार्वजनिक रुपमा बारामा प्रकट गरेको अभिब्यक्तिको समयसीमा सकिन लागेको छ ।
२०७९ चैत २६ गते आइतबार बिहान अडियो सार्वजनिक हुनासाथ लामिछानेले ७२ घन्टाभित्र ढाकाकुमार श्रेष्ठलाई कारबाही नगरेमा यही नजिकैको गढीमाईमा बलि दिनुहोला भनेर बारा २ को चुनावी सभामा सम्बोधन गरेका थिए । त्यो समयसीमा सकिन लाग्दा पनि रास्वपाले श्रेष्ठलाई कारबाही गरेको छैन । बरु मंगलबार सांसद ढाकाकुमार श्रेष्ठले पार्टीले आफूलाई मात्र कारबाही गरे ‘कोर टिम’को पोल खोलिदिने चेतावनी दिएका छन् । अडियो टेपको छानबिन गर्न गठित रास्वपाको अनुशासन तथा आचरण समितिलाई मंगलबार करिब एक घण्टा बयान दिने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् । यो चेतावनीपछि रास्वपालाई ढाकाकुमारमाथि कारबाही गर्न सकस पर्ने भएको छ ।
मंगलबार बयान लिएपछि ढाकाकुमारमाथिको कारबाहीका बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले बुधबार (आज) बोलाएको केन्द्रीय समिति बैठक नै सारिएको छ । सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको अडियोबारे निर्णय लिन ९ बजेका लागि बोलाइएको बैठक २ बजेका लागि सारिएको हो ।
पार्टीका नेताहरु चुनावी अभियानमा चारैतिर खटिएकाले बैठक सारिएको रास्वपा महामन्त्री मुकुल ढकालले जानकारी दिएका छन् । तर सभापति लामिछानेले ७२ घन्टाभित्र कारबाही गर्ने समयसीमा दिइसकेपछि चुनावी बहानामा बैठक सारिएको छ । कोर टीमको पोल खोल्ने श्रेष्ठको चेतावनीपछि रवि लामिछाने कारबाहीबाट पछि हटेको अर्थ पनि लगाउन थालिएको छ । ढाकाकुमारको अडियो सार्वजनिक गर्ने दुर्गा प्रसाईले लामिछानेको कोर टिममा स्वयं उनी, उनकी श्रीमती निकिता लामिछाने पौडेल र दीपक बोहरा रहेको खुलासा गरिरहेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend