Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाको कारण थप १२ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो


    आइतबार, भाद्र १४ २०७७
    655
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । गत २४ घण्टाभित्र नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २ सय २१ पुगेको छ।

    मृत्यु हुनेमा ४ महिला र १० पुरुष गरी १४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    आइतबार कोरोनाले मृत्यु पुष्टि भएका चार महिलामध्ये सुनसरी ७४, बारा ४७, महोत्तरी ६२ र काठमाडौंकी ७२ वर्षीया महिला रहेका छन्। 

    त्यसैगरी सुनसरी ६०, मोरङका ६२, महोत्तरी ७० र ३५, रौतहटका ३०, ललितपुरका २९, भक्तपुरका ६५, नवलपरासीका ६२, रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।

    पछिल्लो २४ घण्टामा मात्र नेपालमा कोरोना भाइरसका १ हजार २ सय २१ संक्रमित थपिएका छन् ।  हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३८ हजार ५ सय ६१  पुगेको छ।

    यस्तैगरी आइतबार देशभरका विभिन्‍न अस्पतालबाट २ सय ६७ जना डिस्चार्ज भए । हालसम्म २० हजार ८ सय २२ जना डिस्चार्ज भएका छन् । 

    देशभरका संस्थागत आइसोलेशनमा १० हजार ६१२ जना र होम आइसोलेशनमा ६ हजार ९ सय ६ जना रहेको मन्त्रालयले जनाएको छ । आजसम्म देशभर ७  हजार ७ सय ९७ जना क्‍वारेन्टिनमा रहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार