Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना परीक्षण शुल्क घट्यो, अब यी तीन समूहको मात्र निशुल्क परीक्षण


    आइतबार, भाद्र १४ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट गरिने कोरोना परीक्षणको शुल्क घटेको छ । निजी प्रयोगशालाबाट गरिने परीक्षणको शुल्क घटाइएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । 

    यसअघि एकपटक पीसीआर परीक्षण गरेको ५,५०० पर्ने गरेको थियो। नयाँ मूल्य अनुसार अब ४,४०० मै पीसीआर परीक्षण हुने भएको छ । आइतबारदेखि नै लागू हुने गरी यो निर्णय भएको मन्त्रालयले जनाएको छ ।

    सरकारले अहिलेसम्म ११ ओटा निजी अस्पताललाई शुल्क लिएर पीसीआर परीक्षण गर्ने अनुमति दिएको छ । यो बाहेक उपत्यकाका तीन र अन्य ६ प्रदेशमा ६ सरकारी अस्पतालमा पनि शुल्क तिरेर परीक्षण गराउन सकिने मन्त्रालयले जनाएको छ ।

    पछिल्लो समयमा परीक्षणका लागि धेरै मान्छे आउने गरेकाले उनीहरुकै सुविधाका लागि परीक्षण शुल्क घटाइएको मन्त्रालयको दावी छ । 

    यस्तैगरी अबदेखि स्वास्थ्य मन्त्रालयले अब तीनवटा मापदण्डका आधारमा मात्र कोरोनाभाइरसको निशुल्क परीक्षण गर्ने निर्णय गरेको छ। आवश्यकभन्दा अनावश्यक रूपमा धेरै मात्रामा परीक्षण हुन थाल्यो कि भनेर परीक्षणको व्यवस्था पुनरावलोकन गरिएको अधिकारीहरूले जनाएका छन्।

    अबदेखि संक्रमितको निकट सम्पर्कमा आएका, लक्षण देखिएका र फ्रण्टलाइनमा काम गर्नेहरुको मात्र निशुल्क परीक्षण हुने भएको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार