काठमाडौं । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर-११ का ५२ वर्षीय पुरुषको आइतबार दिउँसा १२ बजे मृत्यु भएको हो ।
सघन उपचार कक्षमा उपचाररत उनीमा निमोनिया र उच्च ज्वरो रहेको अस्पतालले जनाएको छ । उनी गत भदौ ४ गते भर्ना भएका थिए। श्वासप्रश्वासमा जटिलता देखिएपछि उनको भदौ ७ गते स्वाब परीक्षण गरिएको थियो।
कोरोना पुष्टिपछि भेन्टिलेटरमा राखेर उपचार गरिरहेका उनको उपचारकै क्रममा मृत्यु भएको हो ।