Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • हेर्नुहोस् यस्तो छ आज सुन-चाँदीको मूल्य


    सोमबार, चैत्र २७ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज साताको दोस्रो कारोबार दिन सोमबार स्थानीय बजारमा सुनको भाउ घटेको छ। आइतबार स्थिर रहेको सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेको हो।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ।

    यस्तै, तेजाबी सुन १ लाख ८ हजार ८०० पुगेको छ। अघिल्लो कारोबार दिन आइतबार सुन १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो।

    सुनको भाउ घटेसँगै चाँदी पनि घटेको छ। आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला १४३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

    हिजो आइतबार चाँदी १४४० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार