Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • यस्ता छन् कांग्रेस सुधार्ने रामचन्द्र पौडेलका १० सूत्र


    आइतबार, भाद्र १४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै पार्टीको वरिष्ठ नेताहरुको सक्रियता बढेको छ । यही क्रममा  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सुधारका लागि भन्दै १० सूत्र अघि सारेका छन्।

    नेता रामचन्द्रले देश र पार्टी सुधारका लागि शनिबार साँझ ट्वीट मार्फत् आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गरेका हुन्।

    उनले नेपालको वर्तमान संविधान लागू गर्ने, कांग्रेसको विधान पालना गर्ने/गराउने, नेपालको उन्नतीको बाटो देखाउने, सुशासन लागू गराउने, नेपालको असंलग्नता र तटस्थतालाई बचाउने एजेण्डा पेश गरेका हुन् ।

    यस्तै कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउने, कम्युनिष्ट भ्रष्ट र शब्दजालबाट जनतालाई मुक्त गराउने, जनतामा देशक्तिको भावना जगाउने, संस्कृति परम्परा र नेपाली विशेषताको पहिचान गराउने र कांग्रेस विचार शुन्य तथा दिशाविहीन छैन भन्ने सावित गराउने पौडेलको प्रतिवद्धता छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार