Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अस्पतालमा कार्यरत कर्मचारीमा संक्रमण भएपछि राप्ती प्रादेशिक अस्पताल बन्द


    आइतबार, भाद्र १४ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल शनिबारदेखि बन्द भएको छ । अस्पतालमा कार्यरत दुई चिकित्सक, पाँच स्वास्थ्यकर्मी र दुई कार्यालय सहयोगीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएका हो ।

    अस्पतालको आपतकालीन बैठकले अर्को सूचना जारी नहुँदासम्म अस्पताल बन्द गरी ‘कन्ट्याक्ट टे«सिङ’ गरिने तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ स्रोत व्यक्ति विमल केसीले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा रहेका सबै बिरामीको स्वाब सङ्कलन गरिने छ । योसँगै जिल्लामा शनिबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा १९ जनामा कोरोना पुष्टि भएको हो । तीमध्ये घोराहीका १० जनामा कोरोना पुष्टि भएको हो । घोराही उपमहानगरपालिका वडा नं ८ का २५ वर्षका पुरुष, वडा नं १० का २५, ३०, ३२ वर्षका पुरुष र ३४ वर्षकी एक महिला, वडा नं ११ का ५३ वर्षीय पुरुष र वडा नं १५ का २०, ४२, ५४ र ५७ वर्षका पुरुष गरी १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार