काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदले एक-दुई दिनमा पूर्णता पाउने दाबी गरेका छन्।
आज बुधबार काठमाडौंमा भएको सहकारीकर्मीको भेलामा बोल्दै उनले केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउने बताए।
नेपाली कांग्रेस, जसपा र जनमत पार्टीले मन्त्रालयमा मन्त्री पठाउन ढिला गर्दा मन्त्रिपरिषदले पूर्णता पाएको छैन।
प्रधानमन्त्री दाहालले ६ मन्त्रालय अझै आफैंसँग राखेका छन्। प्रधानमन्त्रीले चैत १७ मा मन्त्रिपरिषद बिस्तार गरे पनि पूर्णता पाएको छैन।
‘सरकारले करिब-करिब पूर्णता पाएको छ। आजभोलि शतप्रतिशत नै पूर्णता पाउँछ,’ उनले भने, ‘अब हाम्रो ध्यान नीति तथा कार्यक्रम र बजेट बनाउनेमा छ।’
उनले आज सिंहदरबारमा नीति तथा कार्यक्रम र बजेटबारे छलफल राख्ने पनि बताए।
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend