Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो?


    बुधबार, चैत्र २२ २०७९
    2.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाली बजारमा सुनको भाउ फेरि बढेर एक लाख ११ हजार रुपैयाँको विन्दुमा पुगेको छ। ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रतितोला १ लाख ११ हजार रुपैयाँमा सुनको कारोबार भएको जनाएको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो ।

    अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँ बढेको हो । मंगलबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्दै १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। यसअघि चैत ५ गते सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको थियो ।

    यता आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १४४० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य भने गत माघ १९ गते प्रतितोला १४५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार