काठमाडौं । रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएसी) को अध्यक्षता पाएको छ। युक्रेनले सदस्य राष्ट्रहरूलाई रुसलाई अध्यक्षता नदिन आग्रह गरे पनि त्यो सफल भएन । सदस्य देशको पालो अनुसार रुसले सुरक्षा परिषद्को अध्यक्षता ग्रहण गरेको हो ।
रुसले सुरक्षा परिषद्को अध्यक्षता गरे पछि युद्धग्रस्त युक्रेनले भने आपत्ति जनाउँदै कडा प्रतिक्रिया दिएको छ। युक्रेनका विदेश मन्त्री दिमिट्रो कुलेबाले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अध्यक्षमा रुस आउनु भनेको अन्तर्राष्ट्रिय समुदायको अनुहारमा गतिलो झापड हानेको जनाएका छन् ।
उनले भने, ‘युक्रेन सुरक्षा परिषद्का वर्तमान सदस्यहरूलाई रुसले राष्ट्रपति पदको दुरुपयोग गर्ने कुनै पनि प्रयासलाई अनुमति नदिन आग्रह गर्दछ । यो पदमा रुस चयन हुनु गैर कानुनी हो।’
संयुक्त राष्ट्र सुरक्षा परिषद्का सबै १५ सदस्यले पालैपालो एक महिनाको लागि परिषद्को अध्यक्षता पाउने क्रममा रुसले यो पटक अध्यक्षता पाएको हो । तर, पालो अनुसार पाउने अध्यक्षता पनि रुसलाई गर्न दिएकोमा युक्रेनले भने आपत्ति जनाएको हो ।
यसअघि रुसले सन् २०२२ को फेब्रुअरीमा अध्यक्षता ग्रहण गरेको थियो, सोही अध्यक्षता कायम रहेको समयमा रुसले सोही फेब्रुअरीमा नै युक्रेनमा आक्रमण सुरु गरेको थियो।
उता, सुरक्षा परिषद्को नेतृत्व रुसले गरे पछि अन्तर्राष्ट्रिय फौजदारी अदालतले गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध जारी गरेको पक्राउ पुर्जीको हैसियतका बारेमा भने टिका टिप्पणी सुरु भएको छ ।
राष्ट्र सङ्घीय सुरक्षा परिषद्को अध्यक्षता त्यही देशको राष्ट्रपतिले गरेका छन्, जुन देशको राष्ट्रपतिलाई कथित युद्ध अपराधमा अन्तर्राष्ट्रिय अदालतबाट पक्राउ पुर्जी जारी गरेको छ । रुसले अध्यक्षता ग्रहण गरे पछि सो पक्राउ पुर्जी औचित्यहीन भएको रुसी अन्तर्राष्ट्रिय विश्लेषकहरूले जनाएका छन् ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend