प्रकृति अधिकारी
आदरणीय चिरी दाइ,
१. जावलाखेलस्थित सेन्टजेभियर्स स्कुलमा भर्ना प्रक्रिया स्थगित भएको समाचार सार्वजनिक भएपछि धेरैको निद्रा बिथोलिएको छ । सञ्चार माध्यममा चार हजार विद्यार्थीको भविष्य अनिश्चित भन्ने खालका समाचार पनि आएका छन् । ललितपुर महानगरपालिकाले जुन अडान कायम गरेको छ, त्यो प्रशंसनीय छ । आफ्नो अडानबाट पछाडि नहट्न अनुरोध छ ।
२. राज्यबाट अनुमति लिइएपछि राज्यको नियमन निकायको नीति–नियम सबैले मान्नुपर्छ । नमान्ने हो भने स्कुल बन्द गर्दा हुन्छ । प्रवेश परीक्षाका विरुद्धमा कलम चलाउँदा चलाउँदा गोलाप्रथासम्म ल्याइएको छ । गोलाप्रथा पूर्वअभिभावकको अन्तर्वार्ता लिने र छानिएकामात्र गोलाप्रथामा समेट्ने गलत कार्य गरिँदैछ । जति विद्यार्थीले आवेदन दिएका छन् ती सबैलाई गोलाप्रथामा समेट्नुपर्छ । आफूले चाहेका विद्यार्थीलाई मात्र ल्याउन अभिभावकको अन्तर्वार्ता लिने नाटकीय प्रपञ्च रचिएको पुस महिनाको आकाश जस्तै छर्लङ्ग छ । अभिभावकले नाम निकाल्ने हो वा विद्यार्थीले ? पक्कै पनि विद्यार्थीले । तर अभिभावकको किन अन्तर्वार्ता ? यो गलत कार्य हटाउने आँट गर्नुहोला । शुभकामना ।

३. मुलुकमा जति पनि राम्रा विद्यालय छन् । सेन्टजेभियर्स स्कुल अब्बल भन्ने ह्याङओभर वा भ्रम त्याग्न सक्नुपर्छ । त्यहाँ अध्ययन गरेका सबै विद्यार्थी अब्बल छन् ? त्यहाँ अध्ययन गरिरहेका विद्यार्थीले अलग ट्युसन पढ्नुनपर्ने अवस्था छ ? त्यहाँ अध्ययन गरेका सबै डाक्टर, इन्जिनियर, सीए जस्ता पेसामा आवद्ध छन् ? अरु विद्यालयमा अध्ययन गरेकाहरु नालायक हुन् ? अभिभावकको सोचाइ गलत हो । भ्रमबाट मुक्त हुँदा राम्रो । त्यहाँ भर्ना नपाउँदा चार हजार विद्यार्थीको भविष्य अन्योल भन्ने समाचार अतिरन्जित हो । सेन्टजेभियर्स स्कुलका पक्षमा सनसनी बनाउन खोजिएको हो । खुरुक्क अरु विद्यालयमा भर्ना गर्दा हुन्छ ।
४. सेन्टजेभियर्स स्कुल आफ्नै अडानमा रहन्छ भने ललितपुर महानगरपालिका पनि सुधारको अभियानमा अडानमा रहनै पर्छ । अडान छाड्नुभयो भने त्यसले शङ्का पैदा गर्नेछ । यसो हुँदा २०८० सालमा कक्षा १ मा पठनपाठन भएन भने केही फरक पर्नेवाला छैन । बरु त्यहाँ नजिक रहेका सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि अभियान थालौँ । त्यहाँ नजिक रहेका त्रिपद्म, मदन स्मारक लगायतका सामुदायिक विद्यालयलाई नमुना बनाउन नसकिने होइन । त्यो अभियान थालौँ । सामुदायिक विद्यालयमा भर्ना गराउने अभिभावकलाई महानगरपालिकाबाट करमा छुट र सेवा सुविधा थप गर्ने काम गरौँ ।
तसर्थ जे गर्नुभएको छ ठिक छ । म तपाईँको अडानप्रति समर्थन जनाउँदछु । सरकारी लगायतका उच्च पदाधिकारीका छोराछोरी त्यो स्कुलमा अध्ययनरत छन् । ठूला ठाउँबाट दबाब आउनसक्छ । त्यो दबाबलाई झेल्न सक्नुभयो भने भर्नाबाट बञ्चित गर्न खोजिएका सयौँ अभिभावक तथा विद्यार्थी खुसी हुनेछन् । कसैलाई कुनै कोटा छुट्टयाउनुपर्दैन । सबै विद्यार्थी समान हुन् । समान व्यवहार गरौँ । अभिभावकको अन्तर्वार्ता लिने जस्तो निकृष्ट प्रवृत्ति अन्त्य गरौँ ।
चिरी दाइ, तपाईँको अभियान सफल रहोस् । दुई चार थान सञ्चार माध्यममा तपाईँका विरुद्धमा समाचार आउँदैमा आत्तिनुपर्दैन । विद्यार्थीको भविष्य तपाईँको केन्द्रमा रहनुपर्छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend