प्रकृति अधिकारी
आदरणीय चिरी दाइ,
१. जावलाखेलस्थित सेन्टजेभियर्स स्कुलमा भर्ना प्रक्रिया स्थगित भएको समाचार सार्वजनिक भएपछि धेरैको निद्रा बिथोलिएको छ । सञ्चार माध्यममा चार हजार विद्यार्थीको भविष्य अनिश्चित भन्ने खालका समाचार पनि आएका छन् । ललितपुर महानगरपालिकाले जुन अडान कायम गरेको छ, त्यो प्रशंसनीय छ । आफ्नो अडानबाट पछाडि नहट्न अनुरोध छ ।
२. राज्यबाट अनुमति लिइएपछि राज्यको नियमन निकायको नीति–नियम सबैले मान्नुपर्छ । नमान्ने हो भने स्कुल बन्द गर्दा हुन्छ । प्रवेश परीक्षाका विरुद्धमा कलम चलाउँदा चलाउँदा गोलाप्रथासम्म ल्याइएको छ । गोलाप्रथा पूर्वअभिभावकको अन्तर्वार्ता लिने र छानिएकामात्र गोलाप्रथामा समेट्ने गलत कार्य गरिँदैछ । जति विद्यार्थीले आवेदन दिएका छन् ती सबैलाई गोलाप्रथामा समेट्नुपर्छ । आफूले चाहेका विद्यार्थीलाई मात्र ल्याउन अभिभावकको अन्तर्वार्ता लिने नाटकीय प्रपञ्च रचिएको पुस महिनाको आकाश जस्तै छर्लङ्ग छ । अभिभावकले नाम निकाल्ने हो वा विद्यार्थीले ? पक्कै पनि विद्यार्थीले । तर अभिभावकको किन अन्तर्वार्ता ? यो गलत कार्य हटाउने आँट गर्नुहोला । शुभकामना ।

३. मुलुकमा जति पनि राम्रा विद्यालय छन् । सेन्टजेभियर्स स्कुल अब्बल भन्ने ह्याङओभर वा भ्रम त्याग्न सक्नुपर्छ । त्यहाँ अध्ययन गरेका सबै विद्यार्थी अब्बल छन् ? त्यहाँ अध्ययन गरिरहेका विद्यार्थीले अलग ट्युसन पढ्नुनपर्ने अवस्था छ ? त्यहाँ अध्ययन गरेका सबै डाक्टर, इन्जिनियर, सीए जस्ता पेसामा आवद्ध छन् ? अरु विद्यालयमा अध्ययन गरेकाहरु नालायक हुन् ? अभिभावकको सोचाइ गलत हो । भ्रमबाट मुक्त हुँदा राम्रो । त्यहाँ भर्ना नपाउँदा चार हजार विद्यार्थीको भविष्य अन्योल भन्ने समाचार अतिरन्जित हो । सेन्टजेभियर्स स्कुलका पक्षमा सनसनी बनाउन खोजिएको हो । खुरुक्क अरु विद्यालयमा भर्ना गर्दा हुन्छ ।
४. सेन्टजेभियर्स स्कुल आफ्नै अडानमा रहन्छ भने ललितपुर महानगरपालिका पनि सुधारको अभियानमा अडानमा रहनै पर्छ । अडान छाड्नुभयो भने त्यसले शङ्का पैदा गर्नेछ । यसो हुँदा २०८० सालमा कक्षा १ मा पठनपाठन भएन भने केही फरक पर्नेवाला छैन । बरु त्यहाँ नजिक रहेका सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि अभियान थालौँ । त्यहाँ नजिक रहेका त्रिपद्म, मदन स्मारक लगायतका सामुदायिक विद्यालयलाई नमुना बनाउन नसकिने होइन । त्यो अभियान थालौँ । सामुदायिक विद्यालयमा भर्ना गराउने अभिभावकलाई महानगरपालिकाबाट करमा छुट र सेवा सुविधा थप गर्ने काम गरौँ ।
तसर्थ जे गर्नुभएको छ ठिक छ । म तपाईँको अडानप्रति समर्थन जनाउँदछु । सरकारी लगायतका उच्च पदाधिकारीका छोराछोरी त्यो स्कुलमा अध्ययनरत छन् । ठूला ठाउँबाट दबाब आउनसक्छ । त्यो दबाबलाई झेल्न सक्नुभयो भने भर्नाबाट बञ्चित गर्न खोजिएका सयौँ अभिभावक तथा विद्यार्थी खुसी हुनेछन् । कसैलाई कुनै कोटा छुट्टयाउनुपर्दैन । सबै विद्यार्थी समान हुन् । समान व्यवहार गरौँ । अभिभावकको अन्तर्वार्ता लिने जस्तो निकृष्ट प्रवृत्ति अन्त्य गरौँ ।
चिरी दाइ, तपाईँको अभियान सफल रहोस् । दुई चार थान सञ्चार माध्यममा तपाईँका विरुद्धमा समाचार आउँदैमा आत्तिनुपर्दैन । विद्यार्थीको भविष्य तपाईँको केन्द्रमा रहनुपर्छ ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend