Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको मूल्य बढ्यो, प्रतितोला १ लाख ९ हजार रुपैयाँ


    शुक्रबार, चैत्र १७ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ फेरि उकालो लागेको छ ।

    अघिल्लो दिन प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले बढ्दै १ लाख ९ हजार २ सय रुपैयाँ पुगेको हो ।

    यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकोम छ ।

    फागुन ५ गते सुनको हालसम्मकै उच्च विन्दु प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको थियो ।

    यसैगरी यता चाँदी भने अघिल्लो दिन मूल्यमा २५ रुपैयाँले बढ्दै आज प्रतितोला एक हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार