Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • सवारी दुर्घटनामा बर्दियामा एक जनाको मृत्यु


    बिहिबार, चैत्र १६ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बर्दियामा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । राजापुरतर्फ गइरहेको बस र गुलरियातर्फ आइरहेको मोटरसाइकल आपसमा ठोक्किँदा बिहीबार एक जनाको मृत्यु भएको छ ।

    भे १ ख २२५४ नम्बरको बस र भे ४ प ५६४७ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा पछाडि बसेकी ठाकुरबाबा नगरपालिका ९ कि २६ वर्षीया सरिता थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गम्भीर घाइते भएकी थारुलाई उपचारका लागि अस्पताल लगिएकोमा उनको उपचारकै क्रममा ज्यान गएको हो । प्रहरीले बस चालक तेजमान थारु र बसलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार