Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेयर बालेन र चिनियाँ राजदूतबीच भेटवार्ता


    बिहिबार, चैत्र १६ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सोङ् र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार भेटवार्ता भएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।

    चिनियाँ राजदूत छनले भेटमा चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपको सञ्चालक समितिका अध्यक्ष ली होङलाई समेत लिएर गएका थिए ।

    उक्त अवसरमा काठमाडौंमा सार्वजनिक सुविधाहरूको स्तरोन्नति गर्न सम्भावित सहकार्यबारे छलफल भएको राजदूत छनले ट्विटरमा उल्लेख गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार