Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपाको पार्टी कार्यालय हटाउन बालेनको निर्देशन


    शुक्रबार, साउन १२ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं महानगरपालिकाले धम्बाराहीस्थित राप्रपाको पार्टी कार्यालय हटाउन निर्देशन दिएको छ । महानगरपालिकाले आज माइकिङ गर्दै सोमबारभित्र पार्टी कार्यालय हटाउन निर्देशन दिएको हो ।

    मेयर बालेन शाहको निर्देशन बमोजिम शुक्रबार महानगर प्रहरीको टोली राप्रपाको कार्यालयमा माइकिङ गर्न पुगेको थियो ।

    ‘यस राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहनु भएका पदाधिकारीज्यूहरु, यो कार्यालयलाई आगामी सोमबारभित्र हटाइ खाली गराइदिनुहुन काठमाडौँ महानगरपालिका हार्दिक अनुरोध गर्दछ’, महानगरको टोलीले माइकिङमा भनेको थियो ।

    हाइटेन्सन लाइनमुनि भवन बनाएको भन्दै महानगरपालिकाले हटाउन लागेको हो । तर, राप्रपाले नगरप्रहरीको टोलीलाई लिखितरुपमा यसबारे आफूहरुलाई दिन आग्रह गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार