Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • क्यानविरुद्ध अदालत गएका बालेनको रिट खारेज


    बुधबार, भाद्र ६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको ५० हजार जरिवाना तिराउने निर्णयविरुद्ध अदालत गएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको रिट खारेज भएको छ । उच्च अदालत पाटनका न्यायाधीश दुर्गावहादुर विश्वकर्मा र रमेश ढकालको संयुक्त इजलासले आज बालेनको रिट खारेज गरेको हो ।

    यो रिट खारेज भएसँगै महानगरपालिका र मेयर बालेन शाहलाई कारबाही गर्ने क्यानको निर्णय कार्यन्वयनको बाटो खुलाएको छ । त्रिभुवन विमानस्थलको संवदेशनशील क्षेत्रमा लगाइएको तारबार भत्काएपछि क्यानले बालेनलाई ५० हजार जरिवाना तिराउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध बालेन अदालत गएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार