Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सत्ता गठबन्धनमा टुंगियो मन्त्रालय भागबण्डा, भोलि मन्त्रिपरिषद् विस्तार


    बुधबार, चैत्र १५ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्ता गठबन्धनमा मन्त्रालय भागबण्डामा सैद्धान्तिक सहमति जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज अपराह्न बसेको बैठकले मन्त्रालय भागबण्डामा महमति जुटाएको हो ।

    जसपाका नेता राजेन्द्र श्रेष्ठले भोलि बेलुकासम्म मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको जानकारी दिए । ‘भोलि बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने भन्नेछ’, उनले भने, ‘सबै पार्टीले आ–आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरुको नाम दिनुहुनेछ, त्यसपछि मन्त्रीहरुको शपथ हुन्छ ।’

    गठबन्धन बैठकमा कांग्रेसले ८, माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार