काठमाडौं। आज साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य अंकले उकालो लागेको छ ।
नेप्से परिसूचक १.०२ अंकले वृद्धि भई १९१९.४२ विन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६८ अङ्कले बढेर ३६१.२१ विन्दुमा पुगेको छ।
यसअघि मंगलबारको कारोबारमा पनि सेयरबजारमा उकालो लागेको थियो । सोहीदिन नेप्से परिसूचक नेप्से परिसूचक १२.१० अंकले वृद्धि भई १९१८.१० विन्दुमा पुगेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार कूल २५८ कम्पनीको २५ लाख ३९ हजार ४८ कित्ता सेयर खरिद बिक्री हुँदा ८१ करोड ६२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।
यसैगरी, नेप्से सुचकमा १४२ कम्पनीमा वृद्धि भएको छ भने ६४ कम्पनीमा ओरालो लागेको र ७ कम्पनी स्थिर रहेको छ ।
त्यस्तै, कारोबारको आधारमा एनआइसि एशिया शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ३ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको कारोबार गरेको छ ।
बुधबार सानिमा माइ हाइड्रोपावर दोश्रो स्थानमा छ । उक्त कम्पनीको ३ करोड ३२ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।
बुधबार १३ उपसुचकहरु मध्ये ५ कम्पनीमा वृद्धि भएको छ भने बाँकी सबै कम्पनीमा गिरावट आएको छ ।
आजको सुपरमाइ हाइड्रोपावर कम्पनी र कालिन्चोक दर्शनको १० प्रतिशतको सेयर कारोबार भएको छ। यि कम्पनीहरुले सर्वाधिक कमाएका छन्।
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend