Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बन्दुक पड्किँदा ताप्लेजुङमा एकको मृत्यु


    मंगलबार, चैत्र १४ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ। आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा शिकार खेल्ने क्रममा ५८ वर्षीय ललित गुरुङको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार शिकार खेल्न सँगै गएका ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ललितको घटनास्थल मै मृत्यु भएको हो ।

    सोमबार राति करिब १० बजे कालिदह जंगलमा शिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो । घटना लगत्तै वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको छ । मृतक गुरुङको शव भने कानुनी प्रक्रिया पूरा गरि पोष्टमार्टमको लागि सदरमुकाम लगिने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार