काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीलाई भारतीय संसद् लोकसभाले सरकारी निवास खाली गर्न आदेश दिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार लोकसभाको हाउजिङ कमिटीले सोमबार राहुललाई सरकारी निवास खाली गर्न नोटिजसमेत जारी गरिसकेको छ ।
उता, लोकसभाको सांसद सूची रहेको वेबसाइटबाट पनि नाम हटाउँदै राहुल गान्धी निर्वाचित क्षेत्र वायनाडलाई रिक्त घोषितसमेत गरिएको छ। गान्धीको सो निर्वाचन क्षेत्र खाली भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन घोषणाको तयारीसमेत सुरु गरेको छ ।
कांग्रेस नेता गान्धीलाई गत बिहीबार सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको मुद्दामा दुई वर्षको जेल सजाय र १५ हजार जरिवानाको फैसला सुनाए पछि उनी माथी निरन्तर प्रहार हुँदै आएको छ । राहुल गान्धीको सांसद पद खारेजीलाई भारतीय लोकतन्त्रमा सबैभन्दा ठुलो उपहासको रुपमा लिएको छ भने देशैभरी सो निर्णयको बिरोध भइरहेको छ ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend