काठमाडौं। आज साताको दोस्राे कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ । आज नेप्से परिसूचक १७.७० अंकले वृद्धि भई १९०६ को विन्दुमा उक्लिएको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ अंकले बढेर ३५८ विन्दुमा पुगेको छ।
यसअघि आइतबारको कारोबारमा भने सेयरबजारमा गिरावट आएको थियो । सोदिन नेप्से परिसूचक नेप्से परिसूचक २६.८७ अंकले घटेर १८८८.२७ विन्दुमा झरेको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार कूल २६१ कम्पनीको ४३ लाख ८ हजार ६४५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३८ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ।
नेप्से सुचकमा १६७ कम्पनीमा वृद्धि भएको छ । ४४ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको छ । शीर्ष स्थानमा रहेको हिमालय डिस्टिलरीको सर्वाधिक सेयरकारोबार भएको छ । उक्त कम्पनीको ५ करोड ९० लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो ।
यसैगरी कारोबारको आधारमा जीवन विकास लघुवित्त भने दोश्रो स्थानमा रहेको छ। यसको आज ४ करोड ७० लाख भन्दाबढीको कारोबार भएको छ।
आज सोमबार १३ उपसुचकहरु मध्ये माईक्रोफाइनान्स बमहेक सबै उपसुचकहरुमा हरियाली छाएको छ । सबैभन्दा धेरै विकास बैंक, फाइनान्स, जिवन बिमा र निर्माण प्रशोधन २ प्रतिशतले वृद्धि भएको छ।
आजको सुपरमाइ हाइड्रोपावर कम्पनीको, एसियनहाइड्रोपावरका र कालिन्चोक दर्शन १० प्रतिशतको सेयर कारोबार भएको छ। यी कम्पनीहरुले सर्वाधिक कमाएका छन् । यसैगरी अजोड जिन बिमाको ८.३० प्रतिशत र लक्ष्मी लघुवित्त वित्तिय संस्थाको ५.५२ प्रतिशतको कारोबार भएको हो ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend