काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाका निजी सचिव केशवप्रसाद दुलाल नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा आइतबार पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुलालसहितसानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको छ । उनीहरुले ८१ जना नेपालीलाई भूटानी शरणार्थी बनाएर बिदेश पठाइसकेको खुलेको छ ।
आइतबार (आज) पठाउन लागिएका नेपालीलाई भने प्रहरीले थाहा पाएर रोकेको छ । नेपालीलाई भूटानी शरणार्थी बनाएर पठाउन लागेको थाहा पाएपछि ३ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए । उनले भने–पक्राउ परेका दुलालसहित ३ जनाकै काठमाडौं परिसरमा बुझासकिएको छ । उनीहरुको म्यादथप भइसक्यो होला ।
कांग्रेस नेतृ सुजाताको पीए दुलालले प्रहरी प्रशासनदेखि सबैतिर पहुँच छ भनेर कीर्ते कागजात तयार गरी नेपालीलाई भूटानी शरणार्थी बनाउँदै विदेश पठाउने धन्दा लामो समयदेखि ८१ जना नेपालीलाई पठाइसकेकाले पुष्टि गरेको छ । उनले कीर्ते कागजातका आधारमा भूटानी शरणार्थी बनाएर विदेश पठाउने भनेर धेरै नेपालीसँग करोडौं रकम लिएको आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकाहरुको तस्वीरसहित फेसबुक पेज र आफ्नो बेबसाइटमा समेत विज्ञप्ति राख्ने गरेकोमा दुलाल पक्राउ परेको घटना नराखिएकाले दबाब परेको अर्थ पनि लगाउन थालिएको छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend