Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस नेतृ सुजाता कोइरालाका पीए दुलाल पक्राउ, नेपालीलाई भुटानी शरणार्थी बनाउँदै विदेश पठाएको आरोप

    दसौं करोड ठगीको आशंका


    आइतबार, चैत्र १२ २०७९
    5.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाका निजी सचिव केशवप्रसाद दुलाल नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा आइतबार पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुलालसहितसानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको छ । उनीहरुले ८१ जना नेपालीलाई भूटानी शरणार्थी बनाएर बिदेश पठाइसकेको खुलेको छ ।

    आइतबार (आज) पठाउन लागिएका नेपालीलाई भने प्रहरीले थाहा पाएर रोकेको छ । नेपालीलाई भूटानी शरणार्थी बनाएर पठाउन लागेको थाहा पाएपछि ३ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए । उनले भने–पक्राउ परेका दुलालसहित ३ जनाकै काठमाडौं परिसरमा बुझासकिएको छ । उनीहरुको म्यादथप भइसक्यो होला ।

    कांग्रेस नेतृ सुजाताको पीए दुलालले प्रहरी प्रशासनदेखि सबैतिर पहुँच छ भनेर कीर्ते कागजात तयार गरी नेपालीलाई भूटानी शरणार्थी बनाउँदै विदेश पठाउने धन्दा लामो समयदेखि ८१ जना नेपालीलाई पठाइसकेकाले पुष्टि गरेको छ । उनले कीर्ते कागजातका आधारमा भूटानी शरणार्थी बनाएर विदेश पठाउने भनेर धेरै नेपालीसँग करोडौं रकम लिएको आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकाहरुको तस्वीरसहित फेसबुक पेज र आफ्नो बेबसाइटमा समेत विज्ञप्ति राख्ने गरेकोमा दुलाल पक्राउ परेको घटना नराखिएकाले दबाब परेको अर्थ पनि लगाउन थालिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार