काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख सहसचिव कमलप्रसाद भट्टराईले भन्सार विभाग अन्तर्गतका विभिन्न कार्यालयका कम्प्युटर अप्रेटर र कार्यालय सहयोगीलाई सरुवा गर्ने चेतावनी दिंदै ब्यक्तिगत लाभ लिने गरेका छन् ।
१० महिना भन्सार विभागको महानिर्देशक हुँदा सहसचिव भट्टराईले बढी सामान आयात हुने भन्सार कार्यालयमा दरबन्दीभन्दा धेरै बढी नायबसुब्बा, कम्प्युटर अप्रेटर र कार्यालय सहयोगी सरुवा गरेका थिए । उनले आर्थिक लाभ लिएर कतिपय बीरगंज, भैरहवा, मेची, बिराटनगर जस्ता भन्सार कार्यालयमा दरबन्दी भन्दा बढी कर्मचारी खटाएको आरोप छ । भट्टराई २०७८ फागुनदेखि २०७९ मंसिरसम्म महानिर्देशक हुँदा बिभागबाट दरबन्दी भन्दा बढी कर्मचारी जथाभावी सरुवा गरेपछि भन्सार कार्यालयका प्रमुखलाई कर्मचारी ब्यवस्थापन गर्न नै धौ धौ परिरहेको छ ।
भन्सारको महानिर्देशक हुँदा दररेट अनुसार बुझेर सरुवा गर्ने, सरुवा भइसकेपछि आफन्तहरुलाई सपिङ गर्न दबाब दिने गरेका कारण भन्सारमा खटिएका कर्मचारीहरु आजित भइसकेका थिए । बिराटनगर र मेचीमा सरुवा गरेका नासु, कम्प्युटर अप्रेटर र कार्यालय सहयोगीले हरेक हप्ता सालीहरुलाई सपिङ गर्नेदेखि आफन्तका घरमा आवश्यक सामान किनेर पठाउनुपर्ने बाध्यता रहेको एक कर्मचारीले गुनासो गरेका छन् । स्रोतका अनुसार मेची र बिराटनगरमा साली र बीरगंज जस्ता भन्सार कार्यालयमा डीजीले अन्य आफन्त पठाउने गरेका थिए ।
महानिर्देशक हुँदा उनले हरेक शुक्रबार भन्सार विभागमै भोज आयोजना गर्ने र त्यो भोजमा परिवारका सदस्यमात्र होइन, आफन्तसमेत बोलाएर खुवाउने पियाउने गरेको गुनासो भन्सार विभागका एक कार्यालय सहयोगीले बताए । भन्सार विभागकै शाखाहरुले उनका परिवारलाई खुवाएको खर्च ब्यहोर्नुपर्ने बाध्यता रहेको थियो । उनको परिवारका एक सदस्य शाखा अधिकृत छन् । उनी समेत विभागको शुक्रबारे भोजमा जाने र महंगा होटलबाट मगाएका खानेकुरा खाने गर्थे । विभागका कर्मचारीका अनुसार भन्सार विभागमा परिवारका सदस्यलाई बोलाएर भोज गर्ने प्रचलन न पहिला थियो, न उनी गएपछि आएका महानिर्देशक चक्र बुढाले गरेका छन् ।
भट्टराई भन्सारबाट सरुवा हुँदा भन्सार कार्यालयका कर्मचारीहरु त उनका आफन्तलाई सपिङ गर्नुनपर्ने भयो भनेर खुसी भए नै विभागका कर्मचारीहरु समेत हरेक शुक्रबार भोजको खर्च बेहोर्ने झन्झटबाट मुक्त भएका थिए ।
२०७९ मंसिर अन्तिममा उनी भन्सार विभागबाट सरुवा भएर अर्थ मन्त्रालय आएको एक महिना पनि नबित्दै संघीय मामिला मन्त्रालयमा सरुवा भए । सामान्यमा सरुवा भएपछि उनले भन्सार विभागमा हुँदा आफूले लाभ लिएर सरुवा गरेका राजस्व समूहका कर्मचारीलाई त सरुवा गर्न सक्दैनन् । तर कम्प्युटर अप्रेटर र कार्यालय सहयोगीहरुलाई सामान्य प्रशासन मन्त्रालयबाट सरुवा गर्नसक्ने भएकाले फेरि सपिङ आतंक सुरु गरेको गुनासो पीडित कर्मचारीले गरेका छन् ।
सहसचिव भट्टराई पीडित एक भन्सार कार्यालयका कम्प्युटर अप्रेटरले भने–सरुवा गर्दा पनि मागे जति दिएको हो, सरुवा भइसकेपछि पनि सालासालीदेखि आफन्तलाई सपिङ गराउन निर्देशन दिए । सकेको गरियो । भन्सारबाट सरुवा भएपछि अब मुक्त भइयो भनेको फेरि सामान्य प्रशासनमा आएर सपिङदेखि घरायसी सामान पठाउन दबाब दिन थालेका छन् ।’
भन्सारका कर्मचारीलाई सपिङ गराउन दबाब दिएकोबारेमा सहसचिव कमलप्रसाद भट्टराईसँग प्रतिक्रियाका लागि प्रयास गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend