काठमाडौं । गृहमन्त्रालयले केही प्रमुख जिल्ला अधिकारीसहित २५ उपसचिव र सहसचिवहरुको सरुवा गरेको छ । शुक्रबार १४ सहसचिव, उपसचिव र अधिकृत समेत २५ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको गृहमन्त्रालयले जनाएको छ ।
रवि लामिछाने गृहमन्त्री हुँदा खटाएका कतिपय प्रमुख जिल्ला अधिकारीहरु सरुवा भएका छन् । गृह मन्त्रालयमा सरुवा भएर पनि जिम्मेवारीबिहीन रहेका सहसचिवलाई प्रमुख जिल्ला अधिकारीसहित विभिन्न ठाउँमा सरुवा तथा पदस्थापन तथा सरुवा गरिएको छ ।
अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख पनि परिवर्तन गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत बासुदेव घिमिरेलाई गृहमन्त्रालयमा ल्याइएको छ भने त्यहाँ रामबन्धु सुवेदीलाई पदस्थापन गरिएको छ ।
त्यसैगरी, सहसचिव रुद्रसिंह तामाङलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महादेव पन्तको आन्तरिक व्यवस्थापन महाशाखा, गृहमा पदस्थापन गरिएको छ । मेखबहादुर मगरातीलाई जिल्ला प्रशासन कार्यालय पाँचथर रामकृष्ण अधिकारीलाई लमजुङ, जयकुमार घिमिरेलाई जुम्ला, प्रेमप्रसाद आचार्यलाई पर्वत, कोमलप्रसाद धमलालाई दोलखा, वेदप्रसाद खरेललाई सल्यान, मदन कोइरालालाई प्युठान र रामकुमार महतोलाई जाजरकोटको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन गरिएको छ ।
त्यस्तै, सहसचिव थानेश्वर गौतमलाई धनकुटा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव अनिता निरौलालाई जिल्ला प्रशासन कार्यालय रामेछापको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
यसैगरी यसअघि सहसचिवको दरबन्दी भएका जिल्लामा प्रजिअ रहेका उपसचिवहरुलाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । प्रजिअको जिम्मेवारी सम्हालेका जिल्ला प्रशासन कार्यालय पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरेलाई जिल्ला प्रशासन कार्यालय जुम्लाको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
प्रजिअ भएर काम गरेका र शुक्रबारको सरुवामा सहायक प्रअिजअमा सरुवा गरिएका उपसचिवहरुमा धनकुटाकी लीलाकुमारी केसी पाण्डेलाई पाँचथर, दोलखाका प्रमुख जिल्ला अधिकारी शेखर पौड्याललाई जिल्ला प्रशासन कार्यालय इलाम, रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीलाई जिल्ला प्रशासन कार्यालय बैतडी छन् ।
लमजुङका प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीलाई सप्रजिअ दोलखा, पर्वतका प्रजिअ चित्रांगत बराललाई सप्रजिअ बागलुङ, र बागलुङका प्रजिअ गणेशप्रसाद पौडेललाई पर्वतको सप्रजिअ र प्युठानका प्रजिअ वेदप्रसाद अर्याललाई जिल्ला प्रशासन कार्यालय रौतहटको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सल्यान, जुम्ला र जाजरकोटका प्रमुख जिल्ला अधिकारीहरू क्रमशः कृष्णचन्द्र पौडेल, मुकेशकुमार केशरी र अञ्जन न्यौपानेलाई क्रमशः प्युठान, धनुषा र धनकुटाको सहायक प्रमुख जिल्ला अधिकारीमा खटाएको छ ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । बोरिङ र मोटर जडान गर्ने कार्यका लागि ७ लाख ५० हजार घुस लिने भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend