काठमाडौं । राजधानी काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु थमौतीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दिनहुँजसो धाइरहेका भेटिन्छन् । उपत्यका बाहिर मधेश प्रदेश लगायतका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउनै नसकेको संघीय मामिला मन्त्रालयलाई उपत्यकाका प्रमुख प्रशासकीय अधिकृतहरुले थमौतीका लागि दिनहुँ धर्ना दिइरहेका छन् ।
एक बर्ष अवधि पुगेका प्रमुख प्रशासकीय अधिकृतहरु पुनः थमौतीका लागि कुद्नुमा नगरपालिकाभित्रको बजेट दोहन नै मुख्य स्वार्थ हो । गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुन्ठप्रसाद सापकोटा, बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछाने पद थमौतीका लागि नेताहरुको घरदैलो धाइरहेका छन् । नागार्जुन नगरपालिकामा गएको फागुन १८ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत पद रिक्त छ । त्यहाँ कार्यरत इश्वरीप्रसाद ढकालको सरुवा भएपछि मन्त्रालयले निमित्त पनि नतोक्दा उक्त नगरपालिकमा दैनिक प्रशासनिक बाहेकका काम ठप्प छन् ।
बुढानीलकन्ठका लामिछाने १४ महिनादेखि कार्यरत छन् । यसअघिका मेयर उद्धवप्रसाद खरेलकै सहमतिमा लगिएका लामिछाने त्यहाँ गएपछि स्वार्थ अनुकूलका काम गरिरहेका छन् । अहिले संघीय मामिला मन्त्रालयमा माओवादीका मन्त्री अमनलाल मोदी आएपछि उनलाई प्रभावमा पार्न अनेक सूत्रको खोजीमा उनी तल्लीन छन् । आर्थिक लेनदेन गरेरै भए पनि थमौती हुनका लागि लागिरहेका लामिछानेले मन्त्रालयका कर्मचारी प्रशासन शाखाका मन्त्रीका निकटहरुलाई प्रभावमा पार्न खोजिरहेका छन् ।
प्रशासन महाशाखाका सहसचिव कमलप्रसाद भट्टराईलाई लेनदेन गरेरै आफ्नो पद थमौती गर्छु भनेर उनी लागिरहेको चर्चा संघीय मामिला मन्त्रालयमा छ । हालका मेयर मिठाराम अधिकारीलाई प्रभावमा पार्न सफल भइसकेका लामिछानेले नगरभित्र भन्ने गरेका छन्–मेयरलाई मिलाइसके), केही वडाध्यक्षहरुलाई मिलाएर मन्त्रालयलाई प्रभावमा पार्ने योजना सफल भयो भने बुढानीलकन्ठमा चालु आर्थिक बर्षभर काम गर्छु । वडाध्यक्षहरुसँग रुखो ब्यवहार गर्ने लामिछाने मिठारामसँग भने नतमस्तक हुने गरेका छन् । काठमाडौंका रैथाने लामिछानेको तारकेश्वर नगरपालिकामा २० रोपनी भन्दा बढी जग्गा छ । उनकी श्रीमती खानी तथा भूगर्भ विभागमा नायबसुब्बा पदमा कार्यरत छिन् भने २ वटा छोराको मासिक आम्दानी ५ लाख भन्दा बढी छ । यति हुँदाहुँदै पनि लामिछानेलाई बुढानीलकन्ठ नगरपालिकाको सोत साधन दोहन गर्ने लालसा कम हुन सकेको छैन । भौतिक सम्पत्तिमा काठमाडौंका साहुमहाजन भन्दा बढी धनी उनलाई अझै नगरपालिकाको बजेटमा तर मार्ने लोभ हट्न नसक्नुलाई सामान्यका कर्मचारीले यस्तो टिप्पणी गर्ने गर्दछन्–हामी ३–४ आना जग्गा र घरका लागि संघर्ष गरिरहेका छौं, अथाह सम्पत्तिका मालिक लामिछाने केका लागि १४ महिना भइसक्दा पनि अझै त्यहीँ रहन संघर्ष गरेका होलान् ?
बुढानीलकन्ठबाट अथाह कमाएर गोकर्णेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्न सफल भएका बैकुन्ठप्रसाद सापकोटा क्षमताका हिसाबले कमजोर उपसचिवका रुपमा चिनिन्छन् । मातृकाप्रसाद यादव उद्योग मन्त्री हुँदा आफूलाई माओवादी निकट कर्मचारी हँु भन्दै सचिवालयमा समेत बसेका बैकुन्ठले त्यहाँ रहँदा उद्योग, बाणिज्य बिभाग र कम्पनी रजिष्टार कार्यालयका कर्मचारीबाट प्रहरीका घुमुवा जस्तो हप्ता असुली गर्ने गर्दथे भन्ने चर्चा अझै पनि ती निकायमा हुने गरेको छ ।
हालको लुम्बिनी प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा रहँदा रुखो स्वभाव देखाएकै कारण तत्कालीन मन्त्री कुलप्रसाद केसी सोनाम र सचिवसँग उनको विवादसमेत भएको थियो । त्यहाँका कर्मचारीहरुलाई हुकुमी शैली प्रदर्शन गरेकै कारण उनलाई प्रदेशबाट धपाएर संघतिरै फर्काइएको थियो । भूमिब्यवस्था मन्त्रालयमा उनको सरुवा भएको थियो । केही समयमात्र उनी त्यहाँ रहे । फेरि राजनीतिक दबाब र प्रभावमा पारेर उनी गृहमन्त्रालय हुँदै रुपन्देही जिल्ला प्रशासन कार्यालयको सहायक प्रमुख जिल्ला अधिकारी समेत बन्न सफल भएका थिए । त्यहाँ पनि उनको ब्यवहारका कारण ३ महिना पनि टिक्न सकेनन् । त्यसपछि उनी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेर उद्योग मन्त्रालयमा सरुवा भए ।
उद्योग बिभागमा जान निकै मरिमेटेर लागेका सापकोटालाई तत्कालीन उद्योग सचिवले उनको कार्यशैलीका कारण पठाउन चाहेनन् । रहँदाबस्दा मातृका यादव उद्योग मन्त्री भएर आए । मात्रिकाले पनि सचिवालयमा उनी सहित २ उपसचिव निजी सचिवका रुपमा राखे । बैकुन्ठले भने सचिवालयमा रहेर बिचौलियाको भूमिका खेलेको र मातहतका निकायका कर्मचारीलाई मातृकाको नाम लिंदै दुःख दिएको फेहरिस्त मन्त्रीकोमा पुगेको थियो । गुनासो धेरै आएपछि उनलाई मातृकाले पनि साइड लगाइदिए । काममा भन्दा सेटिङमा बिश्वास गर्ने सापकोटा तत्कालीन मेयर उद्धव खरेललाई प्रभावमा पारेर बुढानीलकन्ठको प्रमुख प्रशासकीय अधिकृत भए । त्यहाँ १ बर्ष मुस्किलले टिकेका उनी त्यसपछि स्थानीय तहमा हुने अकूत लाभ देखेर गोकर्णेश्वर पु्गेका हुन् ।
उपत्यकाका स्थानीय तहमा बसेका प्रमुख प्रशासकीय अधिकृत सामान्यतया दोहोर्याएर उपत्यकाकै अर्को पालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्न नसक्ने परपम्रालाई बैकुन्ठले तोडेका छन् । बुढानीलकन्ठ र गोकर्णेश्वर आर्थिक रुपमा स्रोत साधन सम्पन्न र काम गर्न पनि सहज पालिकाका रुपमा चिनिन्छन् । यी दुवै पालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्न सफल भएका बैकुन्ठ अहिले आफ्नो सरुवा थमौती गर्न मरिमेटेर लागेका छन् । उनले भन्ने गरेका छन्–सके सरुवा थमौती गरिदिनुप¥यो । नसक्ने भए काठमाडौंकै बुढानीलकन्ठ, नागार्जुन भए पनि हुन्छ । टोखा नगरपालिकामा हालैमात्र नयाँ प्रमुख प्रशासकीय अधिकृत सरुवा भएका कारण बैकुन्ठले त्यसलाई प्राथमिकतामा राखेका छैनन् । टोखामा सरुवा हुन जोडबलकै साथ लागेका निर्वाचन आयोगका उपसचिव कमल ज्ञवाली हिस्स परेका छन् । त्यहाँ शेरबहादुर केसी सरुवा भएका छन् ।
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
काठमाडौँ । नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन् । उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद...
काठमाडौं । मधेश प्रदेश सरकारका प्रमुख सचिव शोभाकान्त पौडेलले कार्यभार सम्हाल्नासाथ प्रदेशभर अनियमित रुपमा काजमा कार्यरत कर्मचारीहरुलाई दरबन्दीमा पठाउने अभियान सुरु गरेका छन् । मधेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend