Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् यस्तो छ आज सुन-चाँदीको मूल्य


    मंगलबार, चैत्र ७ २०७९
    4.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। स्थानीय बजारमा आज मंगलबार सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको जानकारी दिएको हो ।

    महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर १ लाख ९ हजार ८०० रुपैयाँ पुगेको छ ।

    यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ८०० रुपैयाँ कायम थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १३ सय ४० रुपैयाँ पुगेको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १३ सय ३० रुपैयाँ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार