Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • भदौ १५ सम्म अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने


    सोमबार, भाद्र ८ २०७७
    840
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले हाल जारी निषेधाज्ञालाई निरन्तरता दिने भएको छ । यसअघि भदौ ३ मा एक साताका लागि गरेको निषेधाज्ञालाई १५ गतेसम्म लम्ब्याउन उपत्यका नगरपालिका फोरमले आज सरकारलाई सुझाव  दिएको छ । काठमाडौं उपत्यकाका नगरप्रमुखहरुको आजको बैठकले अत्यावश्यकबाहेक सबै सेवा १५ भदौसम्म बन्द गर्ने निर्णय गरेको छ ।

    फोरमको सोमबार बसेको बैठकले काठमाडौं उपत्यकामा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणको अवस्था कम नभएकाले अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने यसअघिको निर्णयलाई १५ भदौसम्म निरन्तरता दिने निर्णय गरेको हो ।

    बैठकका निर्णयहरु सुनाउँदै मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र संक्रमणको दर अझैपनि कम नभएकाले अत्यावश्यकबाहेकका सबै सेवा १५ भदौसम्म बन्द गर्ने निर्णय भएको बताए ।

    बैठकले निषेधाज्ञाको स्थितिलाई १५ भदौसम्म कायम गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिने निर्णयसमेत गरेको छ ।

    यसबाहेक कोभिड–१९ संक्रमित व्यक्तिको कन्टयाक्ट ट्रेसिङमा परेका सबै मानिसको पीसीआर परिक्षण स्वास्थ्य मन्त्रालयअन्तर्गत ‘केस इन्भेष्टिगेसन एण्ड कन्टयाक्ट ट्रेसिङ’ (सिआइसीटी)सँग सहकार्यमा सम्पन्न गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकाभित्र संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबै मानिसको पीसीआर परीक्षण गर्न आवश्यक रहेको बताए ।
    निषेधाज्ञा घोषणापछि पनि उपत्यकामा कोरोना संक्रमितको संख्या बृद्धि भएपछि नगरपालिका फोरमले चिन्ता प्रकट गर्दै १५ गतेसम्म अत्वायश्वकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । आजमात्रै काठमाडौं उपत्यकामा २ सय २४ कोरोना संक्रमित देखिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार