काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० दलिय गठबन्धनले महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाई प्रयोग गरेको आरोप लगाएका छन् । उपराष्ट्रपति निर्वाचिनबारे देशभरका एमाले सांसदको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले जित्नैपर्ने बताएका छन् । यसका लागि हरेक सांसद र प्रदेशसभा सदस्यले अर्को एक/दुई जनालाई मिलाउनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘कमरेड अष्टलक्ष्मी शाक्यलाई पार्टीले उपराष्ट्रपतिको उम्मेदवारका रूपमा उठाएको छ । ३ गते मतदान हुँदैछ । उहाँले जित्नैपर्ने छ । यसका लागि सबै पार्टीसँग कुरा गरिरहेका छौं । तपाईंहरुले पनि एकदुई जना मिलाउनुस्, अरुलाई पनि मिलाउनुस् । यसमा ह्वीप उल्लंघनको प्रश्न छैन ।’
उनले १० दलीय गठबन्धनभित्र अनेक प्रकारका समस्याहरू रहेको पनि दाबी गरे । संविधानमा राष्ट्रपति उपराष्ट्रपतिबारे स्पष्ट फरक लिङ्ग हुनुपर्ने भने पनि सत्ता गठबन्धनले त्यसलाई अस्वीकार गरेको भन्दै अध्यक्ष ओलीले भने, ‘१० वटा टाउको एकै ठाउँमा रावणको हुन्छ । १० टाउके रावण । अहिलेको रावण पनि फेरि महिलाका हक अधिकार हरण गर्न लागेको देखेको छु ।’
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend