Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सोमबार उपत्यकामा थपिए २२४ संक्रमित


    सोमबार, भाद्र ८ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यीमध्ये काठमाडौंमा मात्रै १ सय ७७ जना रहेका छन् । 

    सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

    उनका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ रहेको छ भने संस्थागत आइसोलेशनमा ९ हजार १ सय ५४ र  होम आइसोलेशनमा ४ हजार ५ सय ६१ जना रहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार