काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको टोलीले अछामको रामारोशनमा बाढीपिडितका लागि राहत वितरणका क्रममा धानबाली नष्ट गरेको भनी आएका समाचार तथा टिप्पणीको उनको सचिवालयले खण्डन गरेको छ।
रामारोशनमा गत बुधबार आएको बाढीबाट पीडितका लागि राहत लिएर गत शुक्रबार गृहमन्त्री नेतृत्वको टोली रामारोशन गएको थियो। बुधबार यहाँ बाढीपहिराले ठूलो जनधन क्षति भएको थियो।
सोही क्रममा बाढीले धानखेती नष्ट गरेको खेतसँगैको खोला किनारमा कार्यक्रम गरिएको जनाउँदै सचिवालयले प्रचार गरिए जस्तो धानखेतमा कार्यक्रम नगरिएको प्रेस नोटमार्फत स्पष्ट गरेको छ।
गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले राहत वितरणका क्रममा धानबाली नष्ट भएको भनी आएका समाचार तथा टिप्पणी निराधार रहेको बताए। कार्यक्रमस्थलको छनोट स्थानीय प्रशासन र गाउँपालिकाले तय गरेको जनाइएको छ।
‘बाढीले नष्ट गरेको खोला किनारको धानखेत नजीकै कार्यक्रमस्थल बनाइएका सम्बन्धमा विभिन्न कोणबाट आएका सुझावलाई आत्मसात् गर्दै आगामी दिनमा यस्ता कुरामा समेत थप सचेतता अपनाउने प्रतिबद्धता व्यक्त गर्दछौँ’, प्रेस नोटमा भनिएको छ।
तर कार्यक्रमसँग सम्बन्धित फोटोहरुमा प्रष्टैसँग नष्ट गरिएका धानका बोटहरु देखिन्छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend