Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • कोरोना संक्रमण मुक्त भए वीरगञ्जका मेयर सरावगी


    सोमबार, भाद्र ८ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । वीरगञ्जका मेयर विजयकुमार सरावगी २४ दिनपछि कोरोनामुक्त भएका छन्। कोरोना भाइरस संक्रमण पुष्टि भइ उनी उपचाररत थिए । 

    कोरोना संक्रमण मुक्त भइ सरावगी डिस्चार्ज भैसकेका छन् । गत साउन १५ गते कार्यक्रमको शिलशिलामा काठमाडौं आएका उनीमा कोरोना पुष्टि भएको थियो।

    मेडिसिटी अस्पतालमा गरिएको परीक्षणमा उनलाई कोरोना देखिएसँगै उनी घरमै बसेका थिए । पछिल्लोपटक परीक्षण गर्दा आफ्नो रिपोर्ट नगेटिभ आएको उनले बताएका हुन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार