Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमित थुनुवा आइसोलेशनबाटै फरार भएपछि प्रहरीमाथि छानबिन


    सोमबार, भाद्र ८ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बाँके । बाँकेमा एक कोरोना संक्रमित थुनुवा आइसोलेशनबाटै फरार भएका छन् । लागूऔषध मुद्दामा पक्राउ परेपछि संक्रमण पुष्टि भएका व्यक्ति फरार भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    खजुरास्थित कृषि तालिम केन्द्रमा रहेको आइसोलेशन सेन्टरबाट थुनुवा भागेको बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिएका छन् । उनको खोजीमा प्रहरी टोली परिचालित भैसकेको छ ।

    चार दिनअघि उनलाई केन्द्रको आइसोलेशनमा पठाइएको थियो । संक्रमित व्यक्ति भागेपछि आइसोलेशनको सुरक्षार्थ खटिएका प्रहरी अधिकारीमाथि पनि छानबिन थालिएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार