Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • यस्तो छ आज सुनको भाउ


    सोमबार, भाद्र ८ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अघिल्लो दिनको तुलनामा सुनको भाउ आज ५ सय रुपैयाँले घटेको छ । हिजो तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ९७ हजार ९ सय रुपैयाँ तोकिएको हो ।

    नेपालका अधिकांश जिल्लामा यतिबेला निषेधाज्ञा जारी भएपनि सुनचाँदी व्यवसाइ महासंघले दैनिक भाउ भने तोकिरहेको छ ।  

    अमेरिकी डलरको मूल्यमा सुधार आएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको र नेपालमा पनि त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला १३ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा २५ रुपैयाँ घटेर १३ सय २० रुपैयाँ तोकिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार