Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हतियार र लागूऔषध कारोबारका मस्ट वान्टेड पक्राउ


    आइतबार, भाद्र ७ २०७७
    685
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विराटनगर । हतियार र लागूऔषध कारोबारका मस्ट वान्टेडलाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त अवैध कारोबारका नाइके बग्गा बनिने प्रदीप यादव रहेका छन्।

    मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले शनिबार दिउँसो साढे ४ बजे घर मिलाउन विराटनगर आएका बग्गालाई प्रहरीले विराटनगर महानगरपालिका–१६ दरैयाबाट लागूऔषधसहित पक्राउ गरेको जानकारी दिए । उनका अनुसार बग्गाकाे साथबाट डाइलेक्स डिसी १५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्की बरामद भएको भएको छ ।

    भारत बिहारको इन्द्रनगर ग्राम पञ्चायत– १० बस्ने ३९ वर्षका बग्गासँग जोडिएको दुई वटा हातहतियार तथा लागूऔषध मुद्धार मोरङमा विचाराधीन छ । प्रहरी नायव उपरीक्षक राईका अनुसार पूर्वी तराईमा हुने अधिकांश लागूऔषध र हतियार कारोबार बग्गाको हात छ । बग्गा पक्राउ परेपछि पूर्व क्षेत्रमा लागूऔषध र हातहतियारको कारोबार आधा घट्ने उनले बताए । 

    भारतको अररियाबाट नेपालको पूर्वी तराईका जिल्लामा लागूऔषध र हतियार कारोबार गर्ने गिरोहका नाइके बग्गा प्रहरीको मस्ट वाण्टेड सूचीमा थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार