काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ६६ जना कोरोना संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका जिल्लाहरू काठमाडौंमा १ सय २६ जना, ललितपुर १२ जना र भक्तपुरमा २८ जना कोरोना संक्रमित भेटिएका हुन्।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ पुगेको छ। त्यसमध्ये ९ हजार २ सय १२ जना संस्थागत आइसोलेशन र ३ हजार ९ सय ४३ जना होम आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै देशभर १० जनाको भेन्टिलेटर र १३७ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ। आईसीयूमा उपचार भइरहेकामध्ये प्रदेश-१ मा १७ जना, प्रदेश-२ मा ४९ जना, बागमती प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश-५ मा १६ जना छन्। भेन्टिलेटरमा उपचार भइरहेका १० जना नै बागमती प्रदेशमा रहेको मन्त्रालयले जनाएको छ।