Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आइतबार थपिए ८१८ संक्रमित, ३१ हजार ९३५ पुगे संक्रमित


    आइतबार, भाद्र ७ २०७७
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

    देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार ९३५ जना पुगेको छ। 

    काठमाडौं उपत्यकामा आइबार १६६ जना कोरोना संक्रमित थपिएका छन्।

    पछिल्लो २४ घन्टामा काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

    हाल १३ हजार १५५ जना सक्रिय संक्रमित छन् भने ९ हजार २१२ जना संस्थागत आइसोलेशनमा छन्। आइतबार ३ हजार ९४३ होम आइसोलेशनमा छन्। 

    २४ घण्टायता ८ हजार २६ जनाको पीसीआर परीक्षण भएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार