Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • प्रधानमन्त्री प्रचण्डविरुद्धको मुद्दाको सुनुवाइ आज


    बिहिबार, फाल्गुन २५ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आज सुनुवाइ हुँदैछ । गत मंगलबार अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले दायर गरेको रिटमा आज पहिलो सुनुवाइ हुन लागेको हो ।

    २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक सार्वजनिक कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिको आधारमा प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न माग रिट दर्ता भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार