काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिको निर्वाचनपछि नेपाली राजनीतिमा अस्थीरताबाट स्थितरतातर्फको नयाँ कोर्स सुरु हुने बताएकी छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बुधबार हलेसीमा आयोजना गरेको १३३ औं अन्तर्राष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले नयाँ राष्ट्रप्रमुखलाई स्वागत गर्दैगर्दा राजनीतिमा स्थायीत्व प्राप्त हुने बताएकी हुन् ।
“राष्ट्रपतिको निर्वाचन पछाडि नेपाली राजनीतिमा अस्थीरताबाट स्थिरतातर्फको एउटा नयाँ कोर्स सुरु हुन्छ । निर्वाचनमा राष्ट्रप्रमुखको लागि हाम्रो पार्टीले निर्णय गरिसकेको छ,” पुर्व शहरी विकास मन्त्री रहेकी झाँक्रीले भनिन्, “त्यसपछि बन्ने राष्ट्रप्रमुखलाई स्वागत गर्दैगर्दा अव राष्ट्रिय राजनीतिमा नयाँ कोर्स अगाडि जानेछ, स्थायीत्व प्राप्त गर्नेछ ।”
झाक्रीले दुई वा दुईभन्दा धेरै दलहरु मिलेर सरकार बनाउने सन्दर्भमा गरिएका कतिपय अभ्यास नैतिकताको कसीमा ठीक नभएको बताएकी छन् । झाँक्रीले कतिपय अवस्थामा वाध्यत्मक भए पनि सत्ताका लागि ‘जहाँ जे पायक पर्छ, त्यही गरिरहने’ प्रवृत्ति राम्रो नहुने उल्लेख गरिन् । उनले उच्च नैतिकता र संस्कार राजनीतिले माथिबाटै ‘फलो’ हुनुपर्नेमा जोड दिएकी छन् । “हामीले यस्तो निर्वाचन प्रणाली अलवम्बन गर्यौं । एउटै दलले एकै पटकमा बहुमत प्राप्त गर्दैन । दुई वा दुईभन्दा धेरै दलहरु मिलेर सरकार बन्ने सन्दर्भमा कहिलेकही गरिएको असल अभ्यासहरु यसो हेर्दाखेरी नैतिकताको कसीमा ठीक पनि लाग्दैन । तर कतिपय अवस्थामा वाध्यत्मक पनि हुनसक्छन्,” झाँक्रीले भनिन्, “तर केही न केही कोलिसन सरकारको मानकहरु, गठबन्धन सरकार कसरी चलाउने भन्ने केही स्टाण्डर्ड मानकहरु बनाउनुपर्छ । जहाँ जे पायक पर्छ त्यही नै कुरा गरिरहने कुरा त्यत्ति राम्रो हुँदैन । किनभने उच्च नैतिकता र संस्कार राजनीतिले माथिबाटै फलो गर्नुपर्छ ।”
कार्यक्रमलाई कांग्रेस नेतृ लक्ष्मी खतिवडा, प्रेरक वक्ता सुमी मानव, कार्यक्रमलाई कांग्रेस नेतृ लक्ष्मी खतिवडा, प्रेरक वक्ता सुमी मानव, मेयर बिमला राई, उपमेयर रमेश राउतले सम्बोधन गरेका थिए ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend