Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • गान्धीको चश्मा तीन लाख ४० हजार अमेरिकी डलरमा बेलायतमा बिक्री


    आइतबार, भाद्र ७ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लन्डन  । भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीले लगाएको सुनौलो चश्मा तीन लाख ४० हजार अमेरिकी डलरमा बेलायतमा बिक्री भएको लिलामसम्बन्धी काम गर्ने एउटा फर्मले जानकारी गराएको छ ।  

    ‘इस्ट ब्रिस्टल अक्सन’ नामक उक्त फर्मले शुक्रबार चश्मा विक्री भएपछि इन्स्टाग्राममा लेखेको छ, ‘एक भद्र व्यक्तिले आफ्नो काकालाई गान्धी आफैले उक्त चश्मा दिएको भन्दै लिलामका लागि हामीलाई चार हप्ता पहिले उपलब्ध भएको थियो ।’

    फर्मले प्रक्रियामा सहभागीलाई सम्बोधन गर्दै भन्यो, ‘एउटा अविश्वसनीय वस्तुको लागि असाधारण परिणाम १ लिलाम प्रक्रियामा सहभागी सबैलाई धन्यवाद ।’सन् १९२० वा ३० को दशकमा दक्षिण अफ्रिकामा बेलायती पेट्रोलियम पदार्थको कारोबार गरिरहेको समय अहिंसावादी गान्धीले बिक्रेता काकालाई चश्मा दिएको ती लिलामकर्ता व्यक्तिले फर्मलाई बताएको बुझिएको छ ।

    बिक्री मूल्य १५ हजार पाउण्ड स्टर्लिङ वरिपरी हुने अनुमान गरिएको थियो तर चश्माको मूल्य अपेक्षाभन्दा निकै गुणा बढी अर्थात् दुई लाख ६० हजार पाउण्ड स्टर्लिङ परेको छ ।  

    लिलामकर्ता फर्मका एन्ड्रयु स्टोले स्काई न्यूजसँग भने, ‘यस महिनाको सुरूमा ती विक्रेताले ‘यदि चश्मा राम्रो नभएमा फ्याक्न भनेका बताइएको छ ।  चश्माको मुल्य १५ हजार पाउण्ड पर्ने बताएपछि उसलाई झस्काएको थियो । ‘मैले सोचेँ मूल्य सुनेर उनले होस गुमाए,’ स्टोले बताए ।एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार