काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त ५ एसएसपीमा बढुवा हुनका लागि एकै ब्याचका १९ एसपीको प्रतिस्पर्धा चलेको छ । सिसम २ का सबै एसपी एसएसपी बढुवाका दाबेदार हुन् । एसएसपी बढुवाको लाइनमा रहेका एसपीहरुमा राजेश उप्रेती, गंगाराम श्रेष्ठ, भरत खनियाँ, ध्रुवबहादुर कार्की, रमेशकुमार पाण्डे, तीर्थराज पौडेल, रविनराज कर्णजीत, वीरसिंह साउद, जनक पुरी छन् ।
त्यसैगरी, नेत्रबहादुर कार्की, सूर्यबहादुर सेन ओली, तेजप्रसाद पोखरेल, यादव विश्वकर्मा, विकास घिमिरे, टोपबहादुर खनाल, नरेन्द्र बाम्बो, अशोक बम, जहरसिंह बुढामगर र वीरेन्द्र ऐर एसएसपी बढुवाका दाबेदार एसपी हुन् ।
यीमध्ये केही सशस्त्रमा नेता र सशस्त्रका आइजीपीहरुको आडमा सधैं आकर्षक गुल्म र गणमा बसी अकूत सम्पत्ति आर्जन गर्नेमा पर्दछन् । कतिपय त अनियमितताको आरोपमा तानिएकाहरु पनि छन् । पहिलो वरियतामा रहेका राजेश उप्रेती झापा घर भएकै आधारमा एमाले अध्यक्ष केपी शर्मा ओलीको आडमा सबैभन्दा बढी लाभ लिनेमा पर्दछन् । उनी धनुषामा एसपी हुँदा सबैभन्दा विवादमा परेका थिए । धनुषामा विवादमा परेका उनलाई लगत्तै झन् आकर्षक रुपन्देहीमा भयो । केपी ओलीकै सरकार भएको बेला उनको रुपन्देहीमा सरुवा भएको थियो ।
ओली सरकार परिवर्तन भएपछि उनी तानिएका थिए । उनले धनुषा र रुपन्देहीमा हुँदा सीमाबाट हुने भन्सारछली चोरी तस्करी नियन्त्रणमा होइन, घुमुवा राखेर तस्करहरुसँग उठाउनेमै बढी ध्यान दिएको आरोप लाग्यो ।
दोस्रो वरियताका एसपी गंगाराम श्रेष्ठले पूर्वआइजीपी शैलेन्द्र खनालको कृपामा सर्लाहीमा पौने २ बर्ष काम गर्ने मौका पाए । उनी सर्लाहीमा हुँदा तत्कालीन प्रदेश २ का बाहिनीपति डीआईजी चन्द्रप्रकाश गौतमले ८ वटा भन्दा बढी त स्पष्टीकरण नै सोधेका थिए । सुरुमा काजमा पठाइएका उनले पछि दरबन्दी बनाएका थिए ।
सशस्त्रका यो समूहका एसपीहरुमा सबैभन्दा बढी शक्तिकेन्द्रमा चलखेल गर्ने एसपीमा तेस्रो नम्बरका भरत खनियाँ पर्दछन् । उनले एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेललाई प्रभावमा पारी डीएसपी हुँदा बुटवलको राजस्व गुल्ममा सरुवा भए । त्यहाँ हुँदै भन्सारछली तस्करी गर्नेहरुसँग उठबस भएका उनले बिष्णु पौडेलकै दबाबमा एसपी भएपछि नवलपरासी गणमा सरुवा भए । नवलपरासीको महेशपुर लगायतका नाकाबाट केराउ, सुपारी, मरिच भारतमा तस्करी सबैभन्दा बढी चलाउने काम उनले नेपाल प्रहरीका एसपी अजय केसीसँग मिलेर चलाएको समाचार नै सार्वजनिक भएको थियो । तस्करी छनबिन गर्न टोली नै बनाउनुपरेको थियो ।
तस्करी काण्ड छताछुल्ल भएपछि उनी तानिएका थिए । बिष्णु पौडेल फेरि पावरमा आएपछि उनी पुनः अर्को आकर्षक रुपन्देहीको गणमा सरुवा हुन सफल भए । रुपन्देहीमा नेपाल प्रहरीका एसपी प्रवीण पोखरेल र खनियाँ सँगै सरुवा भएका थिए । पछि तिनै खनियाँका संरक्षक बिष्णु पौडेलमाथि मोतिपुर औद्योगिक क्षेत्रको विवादमा ढ्ंगामुढा भएपछि दुवै तानिएका थिए । फेरि सोर्सफोर्स लगाएर उनी सर्लाही गए । पर्सापछि सबैभन्दा बढी तस्करी चल्ने सर्लाही र धनुषा हुन् । सर्लाहीमा सरुवा भएपछि उनले नाका नाकामा घुमुवा परिचालन गरी असुली गरेको गुनासा आए पनि पावरफुल भएकाले उनीमाथि केही कारबाही हुन सकेन । प्रदेशका डीआईजी गणेश ठाडामगरसँग मिलेर उनले सर्लाहीमा खुल्लेआम तस्करीको संजाल संचालन गरेका थिए । हाल उनी गण्डकी प्रदेशको पोखरामा छन् ।
यस बर्षको सशस्त्र दिवस माघ ९ गते उत्कृष्ट गणपतिको पुरस्कारका लागि सिफारिसमा परी अन्तिममा नाम काटिएका एसपी चौथो नम्बरका ध्रुवबहादुर कार्की त्यसलगत्तै अनियमितताको आरोपमा छानबिनमा सशस्त्र मुख्यालय तानिएका थिए । गुल्मीका कार्की पूर्वआइजीपी शैलेन्द्र खनालका निकट भएकाले कपिलवस्त र रौतहटको गणपति भएका थिए । कपिलवस्तु र रौतहटमा गणपति हुँदा उनको ध्यान भारतसँग जोडिएका नाकामा घुमुवा राखी तस्करसँग असुली गर्नेमा मात्र केन्द्रित रहेको थियो । सशस्त्र दिवसमा पुरस्कारका लागि सिफारिसमा परिसकेपछि पुरस्कार लिने दिन पनि रौतहटको बीओपीमा उनले खटाएका घुमुवा घुस लिंदालिंदै पक्राउ परेपछि उनको नाम काटिएको थियो ।
छैटौं वरियताका एसपी तीर्थराज पौडेल पनि पूर्वआईजीपीको समूहका थिए । कांग्रेसनिकट भन्ने पौडेल मोरङको गणमा कार्यरत हुँदा विवादमा परेका थिए । मोरङमा विवादमा परेपछि उनी ककनी फालिएका थिए । कबोल गरेअनुसार नदिएपछि खनालले उनलाई अर्को मौका नदिएको आरोप छ । त्यो समयमा गणमाा सरुवा हुने एसपीको दररेट गण हेरी १० देखि २० लाख तोकिएको थियो । भनेअनुसार नबुझाएकाले उनी फेरि गणपति हुन नसकेको बताइन्छ । सप्तरीका एसपी प्रदीप खड्का त्यहाँ असई मारिएपछि तानिए । र, वर्तमान आइजीपी राजु अर्यालले पौडेललाई सप्तरीमा पठाएका छन् । सातौं नम्बरका रविनराज कर्णजित रौतहट र बारामा बस्दा उनको नाम पनि अनियमिततामा मुछिएको थियो ।
रोलक्रममा नवौं नम्बरका जनक पुरी कपिलवस्तुको गणपति हुँदा अनियमिततामा मुछिएका थिए । उनी वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आडमा मौका पाउनेभित्र पर्दछन् ।
११ औं नम्बरका सूर्यबहादुर सेन ओली शैलेन्द्र खनालका पालामा खनियाँ बराबर नै अवसर र कमाउने ठाउँ पाउनेमा पर्दछन् । गुल्मीकै ओली रौतहट, कपिलवस्तु गणको गणपति हुने मौका पाए । डीएसपी हुँदा पनि रौतहटमा कार्यरत उनी बढुवा हुनासाथ त्यहीँको गणपति भएका थिए । सिसम २ मा सबैभन्दा बढी कमाउनेमा उनी पर्दछन् ।
१२ औं वरियताका तेजप्रसाद पोखरेल पर्सामा हुँदा अनियमितताको आरोपमा तानिए । तर केही नभेटिएपछि उनीमाथि कारबाही भने भएन । १३ औं नम्बरका यादव विश्वकर्मा बर्दियामा गणपति हुँदा विवादमा परेका थिए । अर्का बढुवाका दाबेर सिसम २ का एसपीमा विकास अधिकारी हुन् । उनी १४ नम्बर गण हेटौंडा र दक्षिणकाली गण खुमलटारमा बस्दा सिपाहीलाई बिदा छाडेर रासन हिनामिनामा परेका थिए ।
मकवानपुरमा हुँदा मनहरी बेसमा ६–६महिनामा इन्चार्ज फेरिने गरेकोमा उनले दररेट तोकेर ३–३ महिनामा परिवर्तन गर्ने प्रथा लागू गराएको बिषय अहिले पनि चर्चामा छ । मकवानपुरको मनहरीबाट गाँजाको ओसारपसार हुने र त्यहाँ आर्थिक चलखेल हुने भएकाले त्यहाँका इन्चार्ज बोलकबोल गरेर ३–३ महिनामै फेरेको आरोप एसपी अधिकारीमाथि लागेको थियो ।
एसएसपी बढुवाका आकांक्षी अशोक बम बाँकेको गणपति हुँदा अनियमिततामा मुछिएका थिए । माओवादी नेताहरुसँग राम्रो सम्बन्ध बनाएका जहरसिंह बुढामगर बर्दियामा गणपति भएका थिए । त्यो समयमा एउटा काण्डमा मुछिएका उनको नेपाल प्रहरीका एसपी वीरेन्द्र शाही र उनीबीच बोलचाल समेत बन्द भएको थियो । वीरेन्द्र ऐर कन्चनपुरमा हुँदा अनियमितता प्रकरणमा नाम उछालिएका पात्र हुन् ।
यसैबीच, २०७९ फागुन ९ मा डीआईजी बढुवा भएका सुरेशकुमार श्रेष्ठ माओवादी नेता नारायणकाजी श्रेष्ठको जोडबलमा पहिलो वरियतामा परेका थिए भने दोस्र्रोमा परेका अन्जनीकुमार पोखरेल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का सल्लाहकार हरिबोल गजुरेलको कोटामा परेका थिए । पूर्वआईजीपी र हाल दीपक मल्होत्राका कर्मचारी शैलेन्द्र खनालको जोडबलमा एसएसपीमा पहिलो वरियतामा परेका दीपेन्द्र शाह यो बढुवामा तेस्रो नम्बरमा पुगेका छन् ।
एसपी हुँदै चलखेल गरी डीआइजी बढुवा ८ महिना रोकेका भानु देउवाका ज्वाई दीपेन्द्र कुँवरले बढुवा फारामसम्म पनि भर्न आँट गर्न सकेका थिएनन् । कुँवर पूर्वप्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाइँ हुन् । उनलाई गएको साउन ९ मा उनको ब्याचमा पहिलो नम्बरमा एसएसपी बढुवा गरियो । र, बैशाखदेखि पदरिक्त हुँदा पनि डीआईजीमा उनैलाई पहिलो नम्बरमा लाने खेलमा भानु देउवा थिए । तर देउवा पावरमा नभएकाले कुँवरले बढुवा फाराम समेत भर्न आँट गर्नसकेनन् ।
क्षमतासून्य कुँवर पावरकै भरमा आफ््नो ब्याचका सबैलाई उछिनेर एसएसपीमा पहिलो वरियतामा पर्ने र डीआईजी हुन चाहन्थे । तर एकपछि अर्को फड्को हानेका र रोजेको पोष्टिङमा जानबाट कहिल्यै नरोकिएका उनलाई जागिरमा प्रवेशपछि पहिलो पटक धक्का लागेको छ ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend