Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी


    शुक्रबार, फाल्गुन १९ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को महाप्रबन्धकमा प्रतापबाबु तिवारी नियुक्त भएका छन् छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर गर्दै तिवारीलाई नियुक्त गर्दै टीआईए पठाएको हो । यसअघि महाप्रबन्धक तिवारी नागरिक उड्डयन प्राधिकरणको प्रतिष्ठानको प्रमुख थिए ।

    तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस प्रकरणमा मुछिएसँगै टीआईएको महाप्रबन्धक पद खाली रहन पुगेको थियो । सोही पदमा प्राधिकरणले तिवारीलाई पठाइएको जनाएको छ ।

    यस्तै, मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘गौतमबुद्ध विमानस्थलको महानिर्देशकमा प्राधिकरणले हंशराज पाण्डेलाई पठाएको छ । पाण्डे यसअघि एभिएसन सर्भिसेज निर्देशनालयको प्रमुखको जिम्मेवारीमा रहेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार