काठमाडौं। झापा प्रहरीले दुई हजार किलो सुपारीसहित एक जना पुरुषलाई पक्राउ गरेको छ । मेचीनगर नगरपालिका–६ बाट उक्त परिमाणको सुपारीसहित एकजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
गएको बुधबार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५४३२ नम्बरको पिकअप गाडीलाई शंका लागी चेकजाँच गर्दा आवश्यक कागजपत्र नभएको दुई हजार किलो सुपारी फेला परेको थियो ।
त्यसका चालक झापाकै दमक नगरपालिका–१ बस्ने २८ वर्षीय मुकेश चौधरीसहितलाई नियन्त्रणमा लिई कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरीमा पठाइएको झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
काठमाडौँ। काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend