काठमाडौं । सत्तारुढ दलमध्येको मुख्य घटक एमाले सत्ताबाट बाहिरिसकेको छ । एमालेको सत्ता बहिर्गमनपछि अब नेपाली कांग्रेस पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनको आचारसंहिता लागू भएकाले मन्त्रिमण्डल बिस्तार फागुन २६ पछि मात्र हुनेछ ।
नेपाली कांग्रेसले गृहमन्त्रालय प्रधानमन्त्रीकै पार्टीलाई छाड्ने संभावना छ । गृह माओवादीकै भागमा पर्ने निश्चित भए पनि मोहनबहादुर बस्नेतहरुले गृहमन्त्री भन्दै प्रचार अभियान पनि चलाएका छन् ।
यसपटक अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार मन्त्रालय नेपाली कांग्रेसले लिने संभावना छ । उपसभापति पूर्णबहादुर खड्काले मन्त्री नहुने घोषणा गरिसकेकाले नेपाली कांग्रेसबाट सरकारको नेतृत्वमा को जाने भन्ने कौतहुलता सर्बत्र छ । अर्थमन्त्री हुन यसअघि नै दौरासुरुवाल सिलाइसकेका डा. प्रकाशशरण महत लागिरहेका छन् । तर उनको नेतृत्वमा सरकारमा पठाउँदा स्वीकार्य नहुने संभावना भएकाले अर्थमन्त्रीसहित उपप्रधानमन्त्रीमा पार्टी महामन्त्री गगनकुमार थापाको चर्चा पनि एक कोणबाट चलाइएको छ ।
एमालेसँगको गठबन्धन तोड्न र अहिलेको गठबन्धन जोड्न थापासमेतलाई सभापति शेरबहादुर देउवाले परिचालन गरेका थिए । थापाले कांग्रेसको भागमा राष्ट्रपति पार्नका लागि सक्रियता देखाएकाले सभापति देउवाले उनलाई नै सरकारको नेतृत्व गर्न आग्रह गरेको पनि चर्चा छ ।
महतलाई नै अर्थमन्त्री बनाउने र उनी स्वीकार्य नभए ज्ञानेन्द्रबहादुर कार्कीलाई बनाउन आरजु राणाले भने सभापति देउवालाई दबाब दिइरहेको स्रोत बताउँछ । कार्की कांग्रेस सरकारमा हुँदा प्रायः हरेक पटक मन्त्री हुनेमा पर्दछन् । एउटै ब्यक्तिलाई पटक पटक मन्त्रीमा पठाएको बिषयमा पार्टीभित्रै उनको बिरोध हुँदैआएको छ । यसपटक पनि मन्त्री बनाएमा बिरोधको स्वर झन् बढी गुन्जने डर देउवालाई छ ।
नेपाली कांग्रेसले परराष्ट्र मन्त्रालय भने नछाड्ने भएको छ । परराष्ट्र मन्त्रीमा डा. आरजु देउवाले धेरै नै रहर गरेकी छन् । सभापति देउवा पनि श्रीमती राणालाई परराष्ट्र मन्त्री बनाउन सकारात्मक भइसकेका छन् । यद्यपि परराष्ट्रमन्त्री पाए डा. शेखर कोइराला पनि सरकारमा जाने पक्षमा रहेको बताइन्छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend