काठमाडौं । सत्तारुढ दलमध्येको मुख्य घटक एमाले सत्ताबाट बाहिरिसकेको छ । एमालेको सत्ता बहिर्गमनपछि अब नेपाली कांग्रेस पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनको आचारसंहिता लागू भएकाले मन्त्रिमण्डल बिस्तार फागुन २६ पछि मात्र हुनेछ ।
नेपाली कांग्रेसले गृहमन्त्रालय प्रधानमन्त्रीकै पार्टीलाई छाड्ने संभावना छ । गृह माओवादीकै भागमा पर्ने निश्चित भए पनि मोहनबहादुर बस्नेतहरुले गृहमन्त्री भन्दै प्रचार अभियान पनि चलाएका छन् ।
यसपटक अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार मन्त्रालय नेपाली कांग्रेसले लिने संभावना छ । उपसभापति पूर्णबहादुर खड्काले मन्त्री नहुने घोषणा गरिसकेकाले नेपाली कांग्रेसबाट सरकारको नेतृत्वमा को जाने भन्ने कौतहुलता सर्बत्र छ । अर्थमन्त्री हुन यसअघि नै दौरासुरुवाल सिलाइसकेका डा. प्रकाशशरण महत लागिरहेका छन् । तर उनको नेतृत्वमा सरकारमा पठाउँदा स्वीकार्य नहुने संभावना भएकाले अर्थमन्त्रीसहित उपप्रधानमन्त्रीमा पार्टी महामन्त्री गगनकुमार थापाको चर्चा पनि एक कोणबाट चलाइएको छ ।
एमालेसँगको गठबन्धन तोड्न र अहिलेको गठबन्धन जोड्न थापासमेतलाई सभापति शेरबहादुर देउवाले परिचालन गरेका थिए । थापाले कांग्रेसको भागमा राष्ट्रपति पार्नका लागि सक्रियता देखाएकाले सभापति देउवाले उनलाई नै सरकारको नेतृत्व गर्न आग्रह गरेको पनि चर्चा छ ।
महतलाई नै अर्थमन्त्री बनाउने र उनी स्वीकार्य नभए ज्ञानेन्द्रबहादुर कार्कीलाई बनाउन आरजु राणाले भने सभापति देउवालाई दबाब दिइरहेको स्रोत बताउँछ । कार्की कांग्रेस सरकारमा हुँदा प्रायः हरेक पटक मन्त्री हुनेमा पर्दछन् । एउटै ब्यक्तिलाई पटक पटक मन्त्रीमा पठाएको बिषयमा पार्टीभित्रै उनको बिरोध हुँदैआएको छ । यसपटक पनि मन्त्री बनाएमा बिरोधको स्वर झन् बढी गुन्जने डर देउवालाई छ ।
नेपाली कांग्रेसले परराष्ट्र मन्त्रालय भने नछाड्ने भएको छ । परराष्ट्र मन्त्रीमा डा. आरजु देउवाले धेरै नै रहर गरेकी छन् । सभापति देउवा पनि श्रीमती राणालाई परराष्ट्र मन्त्री बनाउन सकारात्मक भइसकेका छन् । यद्यपि परराष्ट्रमन्त्री पाए डा. शेखर कोइराला पनि सरकारमा जाने पक्षमा रहेको बताइन्छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend