काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा नेपाल यूएईसँग पराजित भएको छ । आज भएको खेलमा नेपाल घरेलु टोली यूएईसँग ६८ रनले पराजित भएको हो ।
युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०७ रन बनाएको थियो। २०८ रनको लक्ष्य पछ्याएको नेपाल ३१।५ औं ओभरमा अलआउट भएको थियो। नेपाली ब्याट्सम्यानले १३९ रन मात्र बनाए।
नेपालका लागि कुशल मल्लले सर्वाधिक ६० रन बनाएका थिए। नवौं नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप लामिछानेले २६ रन बनाए भने आशिफ शेखले १७ रन हानेका थिए। अरू कुनै पनि नेपाली ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन्।
युएईका लागि आशिफ खानले सर्वाधिक ७२ रन बनाए। ९९ बल खेलेका खानले ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै रोहन मुस्ताफाले नटआउट ५२ रन बनाए। आर्यन लाक्राले २८ रन बनाउँदा कप्तान सिपी रिजवानले २२ तथा भित्य अर्बिन्दले १८ रन बनाए।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। १० ओभर बलिङ गरेका लामिछानेले २७ रन खर्चिएर ३ विकेट लिएका हुन्। यस्तै करण केसी आसिफ शेख र कुशल मल्लले १(१ विकेट लिए। मौसम ढकाल (श्याम) घाइते भएपछि उनको स्थानमा लामिछाने खेलेका हुन। अभ्यासको क्रममा काँधमा चोट लागेका कारण मौसमको स्थान सन्दीपले लिएका हुन्।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) को सदस्यमा मनोनीत गरेको दुई हप्ता नपुग्दै गुन्जन शाह ठकुरीलाई उक्त पदबाट फिर्ता बोलाएको...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend