Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • प्रचण्ड भन्छन्- राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने दल बढ्छन्


    बिहिबार, फाल्गुन १८ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको आठ दलीय सत्ता गठबन्धनमा अरु दल पनि थपिन सक्ने दाबी गरेका छन् ।

    सत्तारूढ ८ दलले काठमाडौंमा गरेको संघीय सांसदको भेलामा उनले ८ दल भनिए पनि राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेललाई अहिले नै १० दलको समर्थन रहेको र यो बढ्ने बताए।हामीले ८ दल भनेका छौं, प्रतिनिधि सभामा २ र प्रदेश सभामा २ जना सांसद रहेको नेपाल समाजवादी पार्टीको पनि रामचन्द्र पौडेल जीलाई समर्थन छ,’ भेलामा उनले भने, ‘ त्यसैगरी नेपाल आम पार्टी भन्ने तराई केन्द्रित अर्को पार्टीको पनि समर्थन छ ।

    ’प्रतिनिधि सभामा आफूले विश्वासको मत लिँदै गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन सही भएको दाबी गरेपछि विश्वासको संकट उत्पन्न भएको प्रचण्डले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार