विराटनगर। प्रदेश १ प्रदेशसभा बैठकमा कोशी नाममाथि छलफल सुरु भएको छ । एमाले सांसद रामबहादुर राना मगरले कोशी प्रदेश नाम राख्न प्रस्ताव गरेका थिए । उनको प्रस्तावमाथि प्रदेशसभा बैठकमा छलफल सुरु भएको थियो। उक्त प्रदेशको नाम राख्न प्रदेशसभा सचिवालयमा दर्ता गरिएको कोसीसम्बन्धी प्रस्ताव प्रदेशसभाको बहुमतले स्वीकृत भएको छ ।
त्यस्तै,नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गराएको किराँत–लिम्बुवान–सगरमाथा नामसम्बन्धी प्रस्ताव प्रदेशसभाको बहुमतबाट अस्वीकृत भएको छ ।
प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले किरात लिम्बुवान सगरमाथा प्रदेश नाम राख्न प्रस्ताव पेश गरेका थिए । प्रदेशसभाले मगरले पेश गरेको प्रस्तावलाई छलफलका लागि स्वीकार गर्यो भने राईले पेश गरेको किरात लिम्बुवान सगरमाथाको प्रस्तावलाई अस्वीकार गर्यो ।
प्रदेशसभाको बहुमतले कोशी प्रदेशलाई छलफलका लागि स्वीकार गरेपछि सभामुख बाबुराम गौतमले किरात लिम्बुवान सगरमाथाको प्रस्ताव संवत् अस्वीकृत भएको बताएका थिए ।
प्रदेशसभामा एमालेले पेश गरेको कोशी प्रदेशमाथि छलफल सुरु भएको छ । छलफल पछि बुधबार नै मत विभाजन हुनेछ ।। सभाको दुईतिहाइ बहुमतले पारित गरे प्रदेश–१ ले नाम पाउनेछ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend