Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न फेरियो, अब घण्टीमात्रै


    बुधबार, फाल्गुन १७ २०७९
    2.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। रवि लामिछाने नेतृत्त्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन चिह्न परिवर्तन भएको छ । यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेकोमा अब भने उक्त गोलो घेरा हटाएर घण्टीमात्रै राखिएको छ ।

    रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले चुनाव चिह्न फेरिएको पुष्टि गर्दै उनले भने, ‘गोलाकार हटाएर चुनाव चिह्न घण्टीमात्रै हुने भएको छ ।’

    निर्वाचन आयोगले पनि राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दै रास्वपाको चुनाव चिह्न घण्टीमात्रै राखेको छ ।

    रास्वपाले गत मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा गोलो घेराभित्र घन्टी चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार